सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजे भित्र दाबी पेस गर्न आह्वान
दूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखले मियाँले आइतबार साँझ ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१र४र१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड ९क० बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि यही साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिएका थिए। उनले नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड ९क० बमोजिम मुख्यमन्त्रीको पदबाट प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा दिएका हुन्।
यसअघि विश्वासको मत लिने प्रयोजनका लागि आजै बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले आफूले मार्ग प्रशस्त गरेको घोषणा गरेका थिए।
सत्ता समीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेबाट अल्पमतमा परेका थिए।