रुसमा भवन भत्किँदा ४ जनाको मृत्यु, १५ जनाको उद्धार

काठमाडौँ । रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ ।

रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको सहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ ।

भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ । घटनापछि निजनी तागिलको ज्र्जिन्स्की जिल्लामा संकटकाल घोषणा गरिएको छ । सुरक्षाका मापदण्ड पूरा नगर्ने सेवा वा कामको प्रावधानलाई लिएर अनुसन्धान समितिले फौजदारी मुद्दा चलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *