पाकिस्तानमा जुलाईमा वर्षाका कारण ९९ जनाको मृत्यु, २१४ घाइते

एजेन्सी । पाकिस्तानमा जुलाईमा वर्षाका कारण भएका दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ भने २१४ जना घाइते भएका छन् । मुसलधारे वर्षा र अचानक आएको बाढीका कारण पाकिस्तानका विभिन्न भागहरूमा जुलाई महिनामा ९९ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पूर्वी पञ्जाव प्रान्तमा ३९ जना, उत्तरपश्चिम खैबर पख्तुनख्वामा २९, दक्षिणी सिन्धमा २२ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको ज्यान गएको एनडीएमएले जनाएको छ ।

पाकिस्तानको उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा अर्को व्यक्तिको मृत्यु भएको थियो भने जुलाईमा पाकिस्तान नियन्त्रित कश्मीरका विभिन्न क्षेत्रमा तीन बालबालिकाको मृत्यु भएको थियो । विभागका अनुसार पन्जाबमा ११३, खैबर पख्तुनख्वामा ७७, पाकिस्तान नियन्त्रित कश्मीरमा ११, बलुचिस्तानमा नौ, सिन्धमा तीन र गिलगिट–बाल्टिस्तानमा एक जना घाइते भएका छन् ।

जुलाई महिनामा विभिन्न प्रदेश र क्षेत्रहरूमा पूर्वाधार र निजी सम्पत्तिमा सञ्चित क्षति उल्लेखनीय रहेको विभागले जनाएको छ । बाढी र भारी वर्षाका कारण आठ पुल भत्किएको, ४ सय घरमा क्षति पुगेको र ११२ वटा पशुधनको मृत्यु भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *