मिस नेपाल २०२४ को ताज आश्मा कुमारी केसीलाई

सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले जितेकी छन्।काठमाडौँमा आयोजित कार्यक्रमबिच शनिबार उनलाई विजेता घोषणा गरिएको हो।

यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन्। मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारिन् ।

श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठ वुमन विथ विंग्स बनिन् । हरेक विधाका विजेताले २५/२५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन्।

प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *