जेफ्री एक्लैले ६ विकेट लिएपछि भारत श्रीलंकासँग स्तब्ध

काठमाडौं । भारत टोली घरेलु टोली श्रीलंकाविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ ।

गएराति सकिएको खेलमा श्रीलंका ३२ रनले विजयी भयो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल टाइ भएको थियो।

श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो ।

भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोडे ।

श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । कप्तान चरिथ असलंकाले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए ।

श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे । दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए ।

भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई बुधवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *