बङ्गलादेश अपडेट : देश छोडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारतमा
मकालु खबर
२०८१ साउन २१ गते
ढाका । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आइपुगेकी छन् ।
उनी भारतको त्रिपुरा राज्यको राजधानी अगरतल आएको खबर सार्वजनिक भएको छ ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बङ्गलादेश छाडेर सुरक्षित स्थानमा गएको बिबिसी हिन्दीले जनाएको छ ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको छ ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ ।
प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
मकालु खबर
२०८१ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित