प्रेस विज्ञप्ति

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।

अध्यक्ष नेपालले आज मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर , मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आई रहेको छ ।

अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका हुन् ।

अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकाल सम्म अध्यक्षको भूमिका निर्वाह गरि सकेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।

३ दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *