प्रभु महालक्ष्मी लाइफको ‘बिजनेस एक्सिलेन्स समिट– २०८१’ भव्य रुपमा सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बिजनेस एक्सिलेन्स समिट– २०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा बिजनेस एक्सिलेन्स समिट– २०८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो ।
कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरूमा स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरको रुपमा परिणत गरी अगाडी बढ्न हौसला प्रदान गरे ।
साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन दिए ।
कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराए ।
उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुति रहेको थियो । त्यसैगरी श्री योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।
त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन गरेका थिए ।