हुन्डाई नेपालद्वारा नयाँ क्रेटा सार्वजनिक
काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।
गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैको रोजाइ यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको भनाइ छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन् ।
नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् ।
त्यसैगरी, पछाडि भागमा कनेन्टटिंग एलईडी टेललाइट सेटअप रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेको भन्दा आकर्षक रहेको कम्पनीको दाबी छ । यसमा दुबै स्क्रिन समान १०.२५ इन्चका छन् । ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् जसले गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने कम्पनीको विश्वास छ।
नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, साउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड(स्पट टायर भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन ) रहेको छ।
त्यसैगरी, पछाडि भागमा कनेन्टटिंग एलईडी टेललाइट सेटअप रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेको भन्दा आकर्षक रहेको कम्पनीको दाबी छ । यसमा दुबै स्क्रिन समान १०.२५ इन्चका छन् । ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् जसले गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने कम्पनीको विश्वास छ।
नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, साउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड-स्पट टायर भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन ) रहेको छ।