‘सैन्यु कू’ मा बुबासहित परिवारका अधिकांस सदस्य गुमाएकी हसिनाको अप्रत्यासित पलायन
सन् १९७५ मा सैन्य कूका बेला बुवा शेख मुजिबुर रहमानसतिह परिवारका अधिकांश सदस्य गुमाएकी शेख हसिनाको अप्रत्यासित पलाएन भएको छ। ५० वर्षअघि सैन्य कूका बेला हसिनाका बुबासहित परिवारको अघिकांस सदस्यको हत्या हुँदा पनि उनी भने भारतमा भएका कारण बचेकी थिइन्।
विद्यार्थी आन्दोलनले उग्ररुप लिँदै निवासमै पसेपछि हसिना पुनः उही देश भारत पुगेकी छन्। जुन देशमा उनी ५० वर्ष अघि जोगिन सफल हुँदै राजनीतिमा पाइला अगाडी बढाएकी थिइन्।
शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए। त्यही समयमा उनको हत्या भएको थियो।
त्यति बेला हसिना र उनकी बहिनी निर्वासनमा बस्न भारत गए।
सन् १९८१ मा उनीहरू स्वदेश फर्किएर अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध आन्दोलनमा उत्रिए। त्यसपछि हसिनाको राष्ट्रिय छवि बनेको थियो।
देशको आर्थिक प्रगतिलाई नेतृत्व गरेको जस पाउने गरेकी हसिना एक प्रेरणादायी लोकतान्त्रिक नेत्रीका रूपमा स्थापित थिइन्।
तर पछिल्ला वर्षहरूमा भने उनलाई निरङ्कुश र विरोधीको दमनकारी नेताको आरोप थियो। यतिका वर्ष देशको नेतृत्व गर्दा उनलाई भारतले हसिनालाई सहयोग गर्दै आएको थियो।
सोमवार भएका हिंसात्मक झडपमा कम्तीमा ५६ जना मारिएको बीबीसीले उल्लेख गरेको छ।
अनिश्चितकालीन कफ्र्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनाव उत्पन्न भएको थियो।
बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ।
एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो।
आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी मुख्यालयले जनाएको छ।
सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कफ्र्यू घोषणा गरेको थियो।
सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको थियो।
त्यसअघि लगाइएको कफ्र्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि थामि नसक्नु भयो।
विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकेकी शेख हसिना प्रधानमन्त्रीमा चुनिएको केही महिनामै सत्ता र राजनीतिबाटै किनारा लाग्नु पर्ने अवस्थामा पुगेकी हुन्।
शेख हसिना बंगलादेशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९ यता निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनले बाङ्ग्लादेशमा सबैभन्दा बढी समय शासन गरिन्।
सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण भएको थियो। त्यतिबेला उनी घाइते भएकी थिइन् भने २० जना मारिएका थिए। बीबीसी