प्रेस विज्ञप्ति
ग्लोबल बैंक, आइएमई र जाल्टान बिच समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने
मकालु खबर
२०८१ साउन २२ गते
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।
समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्ने ग्लोबल बैंकले जनाएको छ
।
यसैगरी, जापान गए पश्चात् विद्यार्थीहरूले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
मकालु खबर
२०८१ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित