ह्यारिसले टिम वाल्जलाई बनाइन् उपराष्ट्रपतिको उम्मेदवार
मकालु खबर
२०८१ साउन २३ गते
काठमाडौं । अमेरिकी उपराष्ट्रपति एवं राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाएकी छन् ।
ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसकेकी छन् ।
एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि हसज हुने ह्वारिसको विश्वास छ ।
६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रुपमा सेवा गरिसकेका छन् । उनि सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित भएका थिए ।
मकालु खबर
२०८१ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित