भारतीय कुस्तीबाज विनेश फोगाटले भनिन्- अलबिदा कुस्ती !
मकालु खबर
२०८१ साउन २४ गते
काठमाडौं । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।
पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।
विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’
५० केजी समूहमा प्रतिस्पर्धा गरेकी विनेशको तौल नाटकीय रूपमा बुधबार बिहान एक सय ग्राम बढ्यो । जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले उनलाई ‘डिसक्वालिफाइड’ गर्नुपर्ने अवस्था आयो र उनी फाइनल खेल्न अयोग्य भएकी थिइन् ।
मकालु खबर
२०८१ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित