श्वेडागन प्यागोडा हेर्न जुलाईमा मात्रै ४ लाख ४० हजार पर्यटक पुगे

काठमाडौं । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्नका लागि जुलाईमा ४ लाख ४० हजार स्थानीय र विदेशी पर्यटकहरू पुगेका छन् ।

राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनले प्यागोडाको ट्रस्टी बोर्डलाई उद्धृत गर्दै यस्तो बताएको हो । कुल आगन्तुकमा ५ हजार ३ सय ८९ विदेशी पर्यटक रहेको प्रतिवेदनले जनाएको छ ।

म्यानमारको सुनौलो प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले २०२४ को पहिलो सात महिनामा ३.७ मिलियनभन्दा बढी आगन्तुकहरू आकर्षित गरेको रिपोर्टमा उल्लेख छ ।

यो म्यानमारको शिर्ष गन्तव्यहरू मध्ये एक हो । श्वेडागन प्यागोडाको लागि भ्रमण गर्ने समय बिहान ४ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *