मधेसका मुख्यमन्त्रीलाई स्पष्टिकरण

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीले स्पष्टिकरण सोधेको छ।

५ जना राज्यमन्त्री थप्दै जम्बो मन्त्रिपरिषद्को रेकर्ड बनाएपछि उनको विरोध भइरहेको थियो।

विरोध भएपछि जनमत पार्टीले उनलाई स्पष्टिकरण सोधेको हो।

६ वर्षभन्दा लामो समय मधेश सरकारको नेतृत्व गरेको जसपालाई विस्तापित गर्दै उनी मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेको र पार्टीको निर्देशनको पालना नगरेको भन्दै अनुशासन समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण पत्र दिउँसै मुख्यमन्त्री सिंहलाई पठाइएको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

मुख्यमन्त्री सिंहमाथि पार्टीसँग समन्वय नै नगरीे मन्त्रालय बाँडफाँट गरेको र अहिले राज्यमन्त्री थपेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *