नाटक मिरर : हिप-हप संगीतमा करिअर खोज्ने युवाका कथा (तस्बिरहरु)

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मिरर’ मञ्चन भइरहेको छ । साउन १८ गतेदेखि मञ्चन भएको नाटक २७ गतेसम्म मञ्चन हुनेछ ।

नाटक मिरर वर्तमान समाजको प्रतिबिम्ब हो भन्दा फरक नपर्ला, जहाँ परम्पराले आधुनिकतालाई भेट्छ, र सपनाहरू वास्तविकतासँग टकराउँछन् ।

मिररमा एउटा बुबा र छोराको कथालाई नाटकीयरूपमा मञ्चन गरिएको छ । जहाँ बुबा (रबिन) एक भूतपूर्व सेना अधिकारी हुन्छन् । उनी आफ्नो छोरा (स्वपना) एक बेलायती सिपाही बनेर स्थिर करिअरमा लागोस् भन्ने अपेक्षा राख्छन् । तर उनका छेरा (स्वपना) र्‍याप र हिप(हप संगीतमा आफ्नो करिअर बनाउने सपना देखेका छन् । यद्यपि उनी त्यसका लागी योग्य पनि छन् । हो, उहीँ सपना र अपेक्षाको कथा हो नाटक मिरर ।

नाटकमा विशाल बुढाथोकी, स्वर्णिम चाम्लिङ, दिग्गज खत्री, प्रशंसा सिवाकोटी, विक्की खड्का, मनिस पुडासैनी र हेमन्त खड्काको अभिनय रहेको छ । नाटकलाई आजदन बत्रीले लेखेका हुन् भने सुशन बस्नेतले निर्देशन गरेका हुन् ।

मिरर निर्देशक बस्नेतले निर्देशन गरेको पहिलो नाटक हो । यो नाटक नेपाली थिएटरको इतिहासमा हिप-हप विधाको परिचय दिने पहिलो नाटक हुनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *