मुहान पोखरी झरनामा रमाउँछन् आन्तरिक पर्यटक तर प्रवेश निषेध (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा पर्ने ‘मुहान पोखरी’ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने झरना मध्यको एक हो । भक्तपुरको कमल विनायकबाट नगरकोटको बस चढेपछि करिब १० मिनेटको अवधि बसको यात्रा र पुनः १०–१५ मिनेट पैदल यात्रा गरेपछि आइपुगिन्छ ‘मुहान पोखरी’ झरना ।

उपत्यकाको नजिकै पर्ने भएकाले आन्तरिक पर्यटकहरू यस झरनामा गर्मी झल्न आइपुग्छन् । बिदाका दिनहरूमा त झन् पर्यटकहरू यहाँ आएर निकै रमाइलो गरेका देखिन्छन् । यसरी वर्षौँदेखि मुहान पोखरी आन्तरिक पर्यटकहरूका लागि झरना गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै आएको छ । तर केही समय देखि मुहान पोखरी झरनामा प्रवेश निषेध गरिएको छ ।

चाँगुनारायण नगरपालिकाका शाखा अधिकृत तथा सूचना अधिकारी अनुप लामिछानेका अनुसार मुहान पोखरी खानेपानीको मुहान हो । उनले खानेपानीको मुहान फोहोर भयो भनेर जिल्ला प्रशासन र स्थानीय तहमा भनेर उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका सबै मिलेर त्यहाँ हेरालु पनि राख्ने गरिएको र नगरप्रहरी पनि गस्ती पठाउने गरिएको बताए ।

उनले भने ‘अहिले त्यो ठाउँमा प्रवेश नगर्न भनेका छौँ । मुहानहरू फोहोर भयो भनेर हो । त्यो हाम्रो खानेपानीको मुहान हो । बीचमा चैँ हाम्रो जिल्ला प्रशासन देखि लिएर स्थानीय तहमा पनि मुहानहरू फोहोर भयो भनेर उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय नगरपालिका सबै मिलेर चैँ त्यहाँ हेरालु पनि राख्ने अनि नगरप्रहरी पनि गस्ती पठाउने गरेका छौँ । मुख्य हाम्रो समस्या चैँ स्थानीय र बाह्य मानिसहरू आएर स्मीङ्ग गर्नुभयो, फोहोर भयो भनेर हो ।’

उनले बर्खा लागेदेखि नै खबरदारी गर्न सुरु गरिएको बताए ।

यससँगै प्रहरीहरू बेलाबखतमा चेकिङको लागि त्यहाँ पुग्ने गरेका छन् । यदि कोही मानिस मुहानमा पौडी रहेको भेटिएमा उनीहरूको फोटो र भिडियो खिच्ने गरेका छन् ।

हेर्नुहोस् मुहान पोखरी झरनामा रमाउँदै गरेका आन्तरिक पर्यटकका तस्बिरहरू :

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *