एकसाथ आधा दर्जन बढी ‘तिज गीत’ सार्वजनिक

काठमाडौँ । एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका छन् ।

आइतबार काठमाडौंको राष्ट्रिय नाचघरमा यस वर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका हुन् । कार्यक्रममा सामूहिक विमोचनसँगै विकृतिजन्य गीतहरूको बारेमा पनि अन्तरक्रिया गरिएको थियो । सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माइती, कालो कपाल पारेर फरर लगायतका गीतहरू एकसाथ विमोचन भएका हुन् ।

सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरूले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनिश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरूको सामूहिक विमोचन भएको हो । यस वर्ष हरितालिक तिज भदौ २१ गते परेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *