रोहित सम्मिलित टोरन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी-२० लिग क्यानडाको उपाधि उचालेको छ । गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो ।

टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए । जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएका उनले तीन विकेट हात पारेका हुन् । रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एक-एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो । उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए । ४९ बल खेलेका उाले ८ चौकाको मद्दतमा ५८ रन बनाउनु भयो भने रसिभ भान डरले नटआउट ३० रन जोजे । कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन बनाए ।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एक-एक विकेट लिए । फाइनलमा नेपालका कप्तान पौडेल प्लेइङ ११ मा मौका पाएनन् । ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *