प्रेस विज्ञप्ति

हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

कम्पनीका अनुसार प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध रहेको छ भने यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरूँ सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S) को मूल्य ४४,९६,००० र भेन्यु 1.2 (SX) को मूल्य ५३,५६,००० कायम गरिएको छ  मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने कम्पनीले जानकारी दिएको छ ।

श्रावन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक ग्राहकहरूले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । कम्पनीले यस क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिने र कम्पनीको फेसबुक पेज मार्फत जानकारी गराइने जानकारी दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले नेपाल भरीका १६ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ।
इच्छुक ग्राहकहरूले नजिकैको हुन्डाई शो९रुम गई यस योजनामा सहभागी भई टेस्ट९ड्राइभ गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *