विश्व हात्ती दिवस
चेतनामूलक कार्यक्रम गरी मनाइयो ‘विश्व हात्ती दिवस’
मकालु खबर
२०८१ साउन २८ गते
काठमाडौँ । म्यानमारको याङ्गुन चिडियाखानाले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी विश्व हात्ती दिवस मनाएको छ ।
प्राणीहरूको संरक्षणको बारेमा सचेतना जगाइ हात्ती दिवस मनाइएको हो । यद्यपि विश्व हात्ती दिवस आधिकारिक रूपमा आज (सोमवार) हो । चिडियाखानाका अधिकारीहरूले आइतबार सार्वजनिक बिदा दिएकाले सोही दिन मनाएको बताए ।
याङ्गुन चिडियाखाना चार हात्तीहरूको घर हो । ती मध्ये मो मो, सबैभन्दा पुरानो एसियाली हात्ती भएको बताइएको छ । मो मो सन् १९६१ मा याङ्गुन चिडियाखानामा ल्याइएको थियो । उनी त्यो बेलामा करिब सात वर्षकी थिइन् । उनी अहिले लगभग ७१ वर्षकी भइसकेको बताइएको छ ।
अगस्ट १२ मा विश्व हात्ती दिवस मनाउने गरिन्छ ।
मकालु खबर
२०८१ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित