माओवादी स्थायी कमिटी बैठक जारी, प्रचण्डलाई नेतृत्व छाड्न दबाब
मकालु खबर
२०८१ साउन २८ गते
काठमाडौं । नेकपा माओवादी (केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
स्थायी कमिटी बैठक शुक्रवारबाट सुरु भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेका थिए ।
त्यसपछिका बैठकमा पार्टीका पदाधिकारी तथा स्थायी कमिटीका सदस्यहरूले धारणा राखिरहेका छन् ।
उनीहरूले पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । केन्द्रीय कमिटी भङ्ग गरी विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव नेताहरूको छ ।
मकालु खबर
२०८१ साउन २८ गते
प्रतिक्रिया
One thought on “माओवादी स्थायी कमिटी बैठक जारी, प्रचण्डलाई नेतृत्व छाड्न दबाब”
Leave a Reply Cancel reply
सम्बन्धित
एकदम सहि हो। ३५ बर्ष सम्म पार्टी अध्यक्ष