भक्तपुरमा सस्तो खाजा ! (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरमा सेल, पकौडा, जेरी, बारा जस्ता थुप्रै परिकारहरूका पसलहरू देख्न सकिन्छ । झन् च्यामासिंह चोकबाट भित्र छिरेपछि अगाडि बढ्दै जाँदा दुई–तिन घरको दुरीमा नै पसलहरू भेटिन्छ । ती पसलहरूमा ग्राहकहरूको उपस्थिति पनि बाक्लै हुनेगर्दछ ।

च्यामासिङ्ह गेटबाट थोरै भित्र भक्तपुरका स्थानीय केदार प्रजापतिको पसल रहेको छ । उनले वि.सं २०५७ साल देखि त्यहाँ पसल गर्दै आएका हुन् । सुरुमा उनले किराना पसल खोलेका थिए । तर बिस्तारै उनले विभिन्न परिकारहरू पकाएर बेच्न थाले । अहिले उनले परिकारहरू बनाएर बेच्न थालेको पनि करिब १५ वर्ष भइसकेको बताए ।

उनले पसलमा सेल, बारा, हलुवा–रोल, माल्पुआ, ब्रेड जस्ता अन्य परिकारहरू पकाएर बेच्ने गरेका छन् । उनले एउटा सेललाई १० रुपैयाँले बेच्ने गरेको बताए । उनले माल्पुआ र बाराको मूल्य पनि १० रुपैयाँ नै भएको बताए ।

त्यस्तै उनको पसलबाट ४–५ घर अगाडि अर्को पसल भेटिन्छ । जहाँ बिहानीको समयमा एक युवक ठूलो कराइमा विभिन्न परिकारहरू पकाइरहेका हुन्छन् । उनले सेल, हलुवा–पुरी , जेरीका साथसाथै अन्य मिठाइहरू बेच्ने गरेका छन् । उनले पनि पसले प्रजापति जस्तै सस्तोमा मूल्यमा परिकारहरू बेच्दै आएका छन् ।

हुन त खानेकुराको मूल्य त्यसको गुणस्तर र स्ट्याण्डरमा पनि भर पर्ला । तर साना पसलहरूमा तुलना गर्दा काठमाडौँ भन्दा भक्तपुरमा उक्त परिकारहरूको मूल्य सस्तो रहेको पाइन्छ । यसबाहेक मःम, चाउमिन जस्ता खाजा पनि काठमाडौँमा भन्दा भक्तपुरमा सस्तो पर्छ ।

हेर्नुहोस् मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले खिचेका केही तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *