सार्कका विविध पक्षबारे परराष्ट्रमन्त्री राणा र महासचिव महम्मद गोलाम सरवारबीच छलफल
मकालु खबर
२०८१ साउन २९ गते
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ ।
सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकामा मन्त्री राणाप्रति बधाईज्ञापन गरे ।
भेटका अवसरमा उनीहरूबिच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।
मकालु खबर
२०८१ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित