शिक्षिकाको विषयमा मेयर र वडाध्यक्षबीच हानाहान भएपछि…

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक शिक्षिकाको विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच ‘हानाहान’ भएको छ । मंगलबार जितपुरसिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालको अवस्थामा पुगेको हो ।

सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन विवाद भएको थियो । नगर प्रमुख पौडेलले वडा नम्बर-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर-७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे । यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीको सरुवा गरी वडा-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।

नगर प्रमुख पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठको चित्त बुझेन । उनले विरोध गरे । उनले आफूसँग सल्लाह समेत नगरी शिक्षक सरुवा गरेको भन्दै निर्णय नमान्ने बताएका थिए । विवादपछि नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका छन् । नगर प्रमुख र वडा अध्यक्षबीचको उक्त विवादको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *