आई.एम.ई. लाइफ इन्स्योरेन्सले गर्यो प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण (तस्बिरहरु)
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरेको छ । इन्स्योरेन्सको सातौँ वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन कम्पनीले मंगलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरेको हो ।
नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात् गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पीडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको हो ।
काठमाडौं टोखास्थित विपद्को सिकार भएका परिवारहरूलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईँ तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रीहरू वितरण गरिएको छ । साथ धरान उप महानगरपालिको सम्पूर्ण वडाका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।