अचाक्ली गर्मी (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ ।

पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले गर्मी महसुस भएको हो ।

अचाक्ली गर्मी बढेकोले मान्छेहरूको आवतजावत पनि पातलिएको छ । मान्छेहरू गर्मी छल्नका लागि विभिन्न उपाय अपनाइरहेका छन् ।

काठमाडौं उपत्यकामा काम गर्ने मजदुर, र सडकमा यात्रा गरिरहेका मानिसहरूलाई गर्मीले सास्ती दिएको छ ।

गर्मीबाट बच्न मान्छेहरूले छाता र छहारीको सहारा लिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *