भ्रष्टाचारीलाई मन्त्री बनाएपछि थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले बुधवार प्रधानमन्त्री श्रेथा थाभिसिनलाई जेल रेकर्ड भएको मन्त्रिपरिषद् सदस्य नियुक्त गरेकोमा नैतिक उल्लंघन गरेको आरोपमा पदबाट हटाएको छ ।

न्यायाधीशहरूले देशको संविधान अन्तर्गत नैतिक मापदण्डहरू उल्लङ्घन गरेको आरोपमा श्रेथाको प्रधानमन्त्रीको हैसियत समाप्त गर्न चार न्यायाधीश सहमत भए । अदालतले उनको मन्त्रिपरिषद् पनि खारेज गरेको छ । बाँकी सदस्यहरूले नयाँ मन्त्रिपरिषद्ले कार्यभार नआएसम्म कार्यवाहकको जिम्मेवारी सम्हाल्नेछन् ।

उनले भ्रष्टाचारमा दोषी ठहर पिचित चुएनबानलाई मन्त्रीको रूपमा नियुक्ति गरेका थिए । राजनीतिक पदमा बस्न अयोग्य भएपनि श्रेथाले गम्भीर नैतिक उल्लंघन गरी मन्त्री बनाएको बताइएको छ । संविधानबमोजिम अयोग्य भएको संकेत गरेको छ ।

४० जना पूर्व सिनेटरहरूको समूहले घुस लिएको प्रयासमा अदालतको अवहेलना गरेको अभियोगमा ६ महिनाको जेल सजाय भोगेका पिचितको नियुक्ति अनैतिक आचरण र संविधानको उल्लङ्घन भनेर निर्णय गर्न अदालतमा निवेदन दिएपछि यो फैसला आएको हो । आदेशपछि श्रेथाले अदालतको फैसलालाई सम्मान गरेको बताए ।

उनले उपप्रधानमन्त्री फुम्थम वेचायचाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न विदेशबाट अहिले थाइल्याण्ड फर्किएका र संसदबाट नयाँ प्रधानमन्त्री चयनको काम भइरहेको जानकारी दिए ।

थाई संसदका अनुसार आगामी प्रधानमन्त्री चयन गर्न शुक्रवार ५ सय सदस्यीय प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *