डिपफेक प्रविधिको असर

काठमाडौं । वर्तमान विश्व प्रविधि बजारको क्षेत्रमा यस्ता थुप्रै किसिमका घटनाहरू भाइरल छन् । फोटो भिडियोमा एक अर्काको अनुहार जोडेर र गतिविधिलाई क्लोज क्लोनिङ सर्किटमा राखेर फोटो भिडियो बनाउने कुरा निकै बढिरहेको छ ।

युग प्रविधिसङै बिश्व बजार अघि बढिरहँदा मान्छेको दैनिक जीवन संग जोडिएर राम्रा नराम्रा कामहरू प्रतिदिन त्यसरी नै व्यापक रूपमा बढिरहेका छन् । यस्ता कुरा अहिलेको (AI Technology) ए.आई प्रविधिसँग सम्बन्धित छन् । अस्वाभाविक र तथ्यहीन फोटो भिडियो बनाउने कुराहरू डिपफेक (Deepfakes- Deep Dive Into fake) प्रविधिसँग सम्बन्धित छन् । यो पनि एक किसिमको एआई प्रविधि हो । जसमा आर्टिफिसियल न्युरल नेटवर्क(Artificial Neutral Network) र मसिन लर्निङ (Machine Learning) जस्ता प्रविधिहरूले मद्दत गर्दछ ।

डिपफेक (Deepfakes) दुईओटा कार्यविधि (Algorithm) जेनेरेटर र डिस्क्रीमिनेटर (Generator & Discriminator) बाट हुन्छ । जसमा जेनेरेटरले नक्कली कन्टेन्ट बनाउने र उक्त नक्कली कन्टेन्ट के कत्तिको नक्कली छ भनी पहिचान गर्छ । अर्थात् तयार गरेको नक्कली फोटो भिडियोलाई सक्कली जस्तो जबसम्म बनाउँदैन तबसम्म यसको काम रहन्छ । यसरी दुई ओटै कार्यविधि (Algorithm) को सहयोगबाट डिप लर्निङ (Deep Learning) ले नक्कली भिडियोलाई सक्कली जस्तै गरी तयार गर्दछ ।FaceSwap, DeepFaceLab, Zao, Avtarify, Reface, Synthesia आदि यसका उदाहरणीय टुल टेक्नोलोजी हुन् । यस्तै अन्य तमामहरू पनि छन् ।

अर्को अर्थमा डिपफेकमा दुई तरिकाले काम गरिन्छ । जसमा जुन व्यक्तिको कन्टेन्ट बनाउनुपर्ने हो त्यसमा उसको सक्कली भिडियोको हाउभाउ भिडियो लिइन्छ र जुन कुरा बोल्न लगाउने हो त्यै अनुरूप तयार हुन्छ । अर्को भनेको फेसस्वाप (अनुहार जोड्ने काम) हो । यसरी आवाजहरूलाई नि लिप्सिङ मिलाउँदै यस्ता कार्य गरिन्छ ।

समय सँगै प्रविधि जति भास्ट (व्यापक) हुँदै गएको छ त्यति नै मानवीय समाजमा खतरा निम्तिएको छ । यी यावत कुराको ज्ञान हामी जस्ता प्रविधिसंग परिचय माग्दै हिँडेका मुलुकका जनताहरूसँग हुन आवश्यक छ ।

उच्च पदस्त व्यक्ति अधिकारीहरूका लागि गरिएका यस्ता घटनाले साँच्चै मुलुकलाई नै संकट र अप्ठ्यारोमा पारेको हुन्छ । उदाहरणको लागि रुस र युक्रेनको युद्द भइरहँदा युक्रेनका राष्ट्रपति जेलेन्सकीले आफ्ना सेनाहरूलाई आत्मसमर्पण गर्न भनेको भिडियो भाइरल थियो । उक्त भिडियो डिपफेक (Deepfakes) थियो । सोच्नुहोस् युद्धको बेला यो भिडियोले समग्र युक्रेन मुलुकको लागि कति घातक हुन्थ्यो? डिपफेक कै कारण देशको विदेश नीतिलाई प्रभाव पार्न सकिन्छ । अर्को डिपफेक वाला भिडियो जस्तै अमेरिकी नेता भ्लादिमिर पुटिनले आफ्नै देशको प्रजातन्त्रमा खतरा छ भन्ने भाषण दिएका थिए । यसमा अमेरिकी राष्ट्रको विदेश नीतिलाई कसरी हेर्न सकिन्थ्यो होला सोच्नुहोस् । अफवाह यसरी नै दुर्घटना हुन्छन् ।

समयअनुसार डिपफेक प्रविधिकै कारणले गर्दा वास्तविक फोटो भिडियो घटनालाई पनि गलत साबित गरिदिन्छ । यसकारण विश्व प्रविधि बजारमा यसको प्रयोगले विश्व शान्ति तथा मानवीय समाजमा ठुलो खतरा उत्पन्न नहुनसक्ने कुनै द्विविधा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *