उपत्यकामा दुई ठूला फ्लाई ओभर निर्माण सम्पन्न हुँदै (फोटो फिचर)
काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको काम धमाधम भइरहेको छ। सरकारले चक्रपथ सडक खण्डमा ट्राफिकजामलाई व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि ग्वार्कोमा फ्लाई ओभर परियोजना सुरु गरेको थियो ।
फ्लाई ओभर निर्माणका लागि २०७८ माघ २७ मा निर्माण कम्पनी आशीष–समानान्तर–रेलिगेर जेभीले ठेक्का पाएको हो । सम्झौताको दुई वर्षभित्र काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो तर भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र सम्पन्न गर्ने गरी फेरि म्याद थपेको छ।
त्यस्तै काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाई ओभर पुल निर्माण कार्य धमाधम भइरहेको छ ।
राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकाले उक्त फ्लाई ओभर निर्माण थालिएको हो ।
आगामी एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उप–आयोजना निर्देशक गोविन्द दुमरुले बताए । फ्लाई ओभर १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :