मधेश आन्दोलनका बेला लगाइएका मुद्दा खारेज गर्न माग

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदनमा मधेश आन्दोलनका दौरान आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू नेपाल सरकारसँग भएका सम्झौताअनुसार तुरुन्त खारेज गर्न माग गरेका छन् ।

काठमाडौंमा साउन २७, २८, २९ र ३० मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन शनिबार सार्वजकि गर्दै यादवले आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिलाई रिहा गर्न माग गरेका छन् ।

‘मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा सरकारले तुरून्त खारेज गर्नुपर्दछ र बन्दी बनाइएकाहरूको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्तिलाई फुकुवा गरिनुपर्दछ’ यादवले भने ।

उनले विगतमा प्रहरीद्वारा आन्दोलनरत व्यक्तिहरुको गैरन्यायिक हत्या गरिएका आन्दोलनकारीहरुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

प्रतिवेदनमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित संविधान संशोधन, संघीयता कार्यान्वयन, सामाजिक न्याय र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय समितिले पारित गरेको छ ।

यादवको ६७ बुँदे प्रतिवेदनमा संविधान संशोधनका लागि ‘संविधान पुनरावलोकन आयोग’ बनाउनु पर्ने प्रस्ताव उल्लेख छ । उनले स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र राख्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *