टर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ विस्थापित
मकालु खबर
२०८१ भदौ २ गते
काठमाडौं । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा विस्थापित भएका छन् । कर्सियाका जिल्लामा सुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ ।
हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ । कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्यधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिए । सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिए ।
युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई सम्बोधन गर्ने प्रयास जारी रहेको जानकारी दिए ।
मकालु खबर
२०८१ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित