राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरे ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *