शंकर पोखरेलको निर्देशन- जिम्मेवारीसहितको नेता बन्नुस्

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिनेगरी अगाडि बढ्न खेलकुद महासंघलाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साझा खेल सङ्घहरूमा महासंघको नेतृत्वलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने बताएका हुन् । सबै खेल सङ्घहरूमा कमिटी भित्रका पदाधिकारीहरूलाई पदीय हिसाबले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गरे ।

महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिए ।

महासचिव पोखरेलले भने ‘साझा सङ्गठनहरूमा हाम्रो उपस्थिति अहिले पनि कमजोर छ । यस अर्थमा महासंघको उद्देश्य साझा खेल सङ्घहरूमा आफ्नो नेतृत्व स्थापित कसरी गर्न सकिन्छ भनेर हेर्नु हो । हरेक नेताहरूलाई जिम्मेवारी तोकेर दिनुहोस् । खेल संघभित्र नेतृत्व स्थापित गर्न सकियो भने त्यो सफल हो । अन्यथा पदको मात्रै नेता हो, जिम्मेवारीको नेता होइन । जिम्मेवारीको नेता त्यो हो जसले आफूले प्राप्त गरेको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न सक्दछ । त्यस अर्थमा तपाईँहरू पदीय हिसाबले मात्र नेता हुने की जिम्मेवारी पूरा गर्ने नेता हुने आफैँ निर्णय गर्नुहोस् ।’

नेकपा एमालेको खेलकुद महासंघ युवाहरूलाई जोड्ने ठूलो इकाईको रुपमा लिइन्छ । महासंघले विगत केही वर्षदेखि खेलकुदको गतिविधि सञ्चालन पनि गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *