एसियन पेन्ट्सद्वारा ‘आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन’ प्रतियोगिताका विजेताहरूको घोषणा
काठमाडौँ । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४ को ११ औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ ।
एसियन पेन्ट्स नेपालले नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ । जुन कार्यक्रमले कलेजहरू, प्रोफेसनल आर्किटेक्टहरू र उपभोक्तलाहरुलाई एकसाथ भेला गर्दछ, जसले प्रत्यक्ष परियोजना, र मूल्याङ्कनका विभिन्न राउन्डहरू मार्फत प्रतियोगितालाई सक्षम बनाउने जनाएको छ ।
साथै नेपाली आर्किटेक्ट समुदायबाट प्रतिनिधित्व गरेका अनुभवी निर्णायकहरूको स्वतन्त्र निकायले विजेताको चयन गर्ने जनाएको छ ।
कम्पनीका अनुसार प्रतियोगितामा विजयी भएको डिजाइनलाई उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए ।
प्रतियोगितामा आई।ओ।ई पुल्चोक क्याम्पस, की छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७०,००० नगद पुरस्कार हात पार्न सफल भइन् भनेँ एक्मे इन्जिनियरिङ्ग कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४०,०००/ र ३०,०००/ नगद पुरस्कारबाट पुरस्कृत भएका छन् ।
यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इन्जिनियरिङ्ग कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका केवल लामाले नगद पुरस्कार १०/१० हजार प्राप्त गरेका छन् ।
विजेताहरूलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेकी थिइन् । होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।