धरौटीमा छुटे नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्ने धर्मगुरु
मकालु खबर
२०८१ भदौ ३ गते
काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडा २१ दिनपछि धरौटीमा छुटेका छन् ।
गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अशुभ कामनासहित अनुष्ठान गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले धार्मिक अभियन्ता खतिवडालाई पक्राउ गरेको थियो ।
उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी समेत गरेका थिए ।
मकालु खबर
२०८१ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित