गाडी दुर्घटनाका घाइते पालिकाका उपाध्यक्षको निधन

सिमकोट । सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को निधन भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतकै भेरीगंगा नगरपालिका-५, एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *