प्रेस विज्ञप्ति

नाडा अटो शोमा केइले ३ ओटा मोडेल सार्वजनिक गर्ने, सही नाम पहिचान गर्नेलाई पुरष्कार दिइने

काठमाडौँ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मीई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ ।

कम्पनीका अनुसार सहभागिता जनाउन केइ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php? id=61559338062381 तथा इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ मा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ । क्याम्पेनमा सहभागी हुन केइ नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज रहेको छ ।

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने जनाएको छ । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यो क्याम्पेन आज बाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ ।

आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *