शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : डा. शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताए ।

उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए ।

‘सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । हेल्थको हेर्दापनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ,’उनले भने,‘यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको धयन त्यतातिर हामीले पुर्‍याउनुपर्छ।’

उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।

‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ,’उनले भने,‘एजुकेशन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो ? मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *