प्रहरी श्रीमती संघको मानवीय कार्य प्रशंसनीय : राधिका शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन् ।

सो सङ्घको ४० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताइन् । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उनको भनाइ थियो ।

‘प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ ।’

प्रथम महिला शाक्यले भनिन्, ‘प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।’ उनले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गरिन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *