समाजसेवी डिबी रावतको आयोजनामा अष्टिनमा ‘अब नाच्छ अमेरिका’ हुने
टेक्सस । हरितालिका तीजको अवसर पारेर अमेरिका भइरहेको ‘अब नाच्छ अमेरिका’ अन्तर्गत आउँदो सेप्टेम्बर ८ तारिखका दिन टेक्ससको राजधानी अष्टिनमा कार्यक्रम हुने भएको छ । गोरखा ग्रुप एलएलसीको आयोजनामा अष्टिनको सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।
गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक समाजसेवी डिबी रावत हुन् । रावत अमेरिकामा बसेर समाजसेवामा सक्रिय व्यक्ति हुन् । उनले अमेरिकासँगै नेपालका विभिन्न ठाउँमा ठूलो योगदान पुर्याएका छन् । प्रवासी नेपाली माझ परिचित रावतले यसअघि पनि विभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरेका छन् ।
अगस्ट १० मा बोस्टन सहरबाट सुरु भएको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा अहिलेकी सर्वाधिक चर्चित गायिका शान्तिश्री परियारसहित गायिकाद्वय रचना रिमाल र ज्योति मगरले सांगीतिक प्रस्तुति दिइरहेका छन् । मोडल करिष्मा ढकालले दर्शकलाई छमछमी नचाइरहेकी छन् । यिनै कलाकारहरूको प्रस्तुति अष्टिनमा पनि रहने छ।
कार्यक्रम साँझ ५:०० बजे देखि राति ९:३० बजेसम्म EL Palacio Event Center मा सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमले टेक्सस र वरपर रहेका नेपाली डायस्पोरालाई एकै ठाउँमा जुटाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने र सामुदायिक भावना विकास गर्ने लक्ष्य आयोजक समाजसेवी रावत बताए ।
कार्यक्रमको लागि टिकट सामान्य प्रवेशका लागि $३५ र भिआइपी प्रवेशका लागि $१०० निर्धारण गरिएको छ । यस कार्यक्रमलाई सफल बनाउनको लागि एन्थोला इन्टरटेनमेन्ट, नमोनमस्ते इन्टरटेनमेन्ट, र नेप्लिज इन्टरटेनमेन्टले सहयोगी संस्थाको रूपमा साथ दिएका छन् । आयोजकहरूले सहभागीहरूको सुविधाका लागि पार्किङ लगायत अन्य व्यवस्था मिलाइएको छ ।