स्पिकिङ र निबन्ध प्रतियोगीताका विजेतालाई राइटपाथद्धारा पुरस्कार प्रदान

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङले निबन्ध र स्पिकिङ प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

शुक्रवार पुतलीसडक स्थित मुख्य कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै राइटपाथकोले साउन २५ र २६ गते आयोजना गरिएको प्रतियोगिताका विजेता तथा उत्कृष्ट १० भित्र पर्न सफल भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको हो ।

जस अन्तर्गत निबन्ध र स्पिकिङ प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद पाँच हजार सहित प्रमाण पत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद चार हजारसहित प्रमाण पत्र र तेस्रो स्थान हासिल गरेकालाई नगद तीन हजारसहित प्रमाण पत्र प्रदान गरिएको हो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै उनीहरूलाई निःशुल्क आइएल्टस् पढाउने राइटपाथका संस्थापक एवम् सिइओ फिलिप डिसीले बताए ।

उक्त प्रतियोगितामा एक सय जनाभन्दा धेरै विद्यार्थीले भाग लिएका थिए ।

छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ ।

उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा, ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् ।

कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *