माल्दिभ्समाथि भारतको जित,नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी भुटान

काठमाडौं । भारत २० वर्ष मुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो । यो खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छ भने भूटान उपविजेता बनेको छ ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच यही भदौ ९ गते खेल हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भदौ १० गते भारत र बङ्गलादेश भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *