प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध छ :मुख्यमन्त्री शाह

बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धि र विकासमा जोड्ने गरी सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने बताएका छन् ।

उनले प्रदेशलाई समृद्धि र विकासमा लैजाने र भ्रष्टाचार,अनियमितता हटाउँदै सुशासनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे । शुक्रवार धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले गरेको बधाई तथा चियापान कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको लक्ष्यलाई पूरा गर्नका लागि राजनीतिक दल र सर्वसाधारणलाई रचनात्मक सुझाव सल्लाह दिन समेत आग्रह गरे ।

उनले प्रदेश सरकारको आफू पहिलो पटक मुख्यमन्त्री हुँदा लिएका नीतिलाई कार्यान्वयन गर्न चुनौती भए पनि आफू नेतृत्वको वर्तमान सरकारले नीतिको कार्यान्वयन गर्ने जानकारी गराए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारले सञ्चालन गर्ने कुनै पनि योजनामा बिचौलियाको प्रभाव नपर्ने गरी सरकारले योजना छनोट गरी कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *