आँबुखैरेनी दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री नेपाल आउँदै

काठमाडौं । आँबुखैरेनी दुर्घटनाका घाइते भेट्न भारतबाट केन्द्रीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आउँदै छन् । शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान उनी नेपाल आउन लागेकी हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे आज काठमाडौँ आउने भएकी हुन् । उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ ।

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुदैछ । घाइते यात्रुको उपचारको लागि टचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *