विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ बजारमा (भिडिओ)

काठमाडौँ । गायिका विष्णु माझीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा सार्वजनिक भएको हो ।

‘पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *