सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी भएको बताएका छन् । राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले शनिवार आयोजना गरेको गौरा तिज विशेष कार्यक्रममा उनले अहिले राष्ट्रियस्तरमा पनि सुदूरपश्चिम प्रदेशका भाषा संस्कृति झल्काउने गीतसङ्गीतले राम्रो चर्चा पाइरहेको बताए ।

“सुदूरपश्चिम भाषा र संस्कृतिको एउटा खानी हो यो अन्य क्षेत्रभन्दा धेरै महत्त्वपूर्ण रहेको छ । यहाँ धेरै सांस्कृतिक पहिचान रहेको छ, अहिले सुदूरपश्चिमले राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गरेको छ,” प्रदेश प्रमुख मियाँले भने । यहाँको संस्कृति संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।

गौरा, तिज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँलाई नागरिक अभिनन्दन गरिएको थियो । अध्यक्ष लीलाधर बाँस्कोटा, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतले प्रदेश प्रमुख मियाँलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका पाँचजना महिलालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा तिज गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *