डोटीमा सर्पको टोकाइबाट महिलाको मृत्यु

डोटी । डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पको टोकाइबाट शनिवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको टोकाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले टोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *