बाइक दुर्घटनामा वडाध्यक्ष यादवको निधन, कल्भर्टमा भेटिएको थियो शव

जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।

जलेश्वर-बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१-००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *