निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार लागिपरेको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

राप्ती उपत्यका देउखुरीमा आयोजित नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

यस्तै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको उल्लेख गर्दै समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन निर्माण व्यवसायीलाई आग्रह गरे ।

“निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन्”,“काम पूरा गर्न, भुक्तानी लिन असार किन कुर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न केले रोक्छ ?” उनले भने ।

सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन रु. पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत उनले जानकारी दिए ।

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले पूर्वाधार निर्माणलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको स्पष्ट पारे ।

योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको रु दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको तर स्रोत जुटाउने गरी सरकारले पहल लिएको उनको भनाइ छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य गर्नुपर्ने बताइन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य अशोककुमार केसीले सरकारले खरिद नियमावलीलाई समयानकूल बनाउनुपर्ने बताउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अवकाश प्राप्त सडक डिभिजन प्रमुख जयलाल मरासिनी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य लगायतले सही नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भएकाले त्यसतर्फ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *